प्रहरी, जनताको संयुक्त गस्ती

 

दाङ, फागुन २७ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले टोल स्थानिय टोल सुरक्षा समिति संग संयुक्त गस्ती संचालन गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार समाजमा शान्ति सुरक्षा कायम राख्न तथा समाजका हरेक समस्याको पहिचाहन गरी समाजमा हुने अपराध न्युनिकरण गर्दै अपराधलाई प्रहरी सम्म पु¥याउनको लागि संयुक्त गस्ती संचालन गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

साथै प्रहरी नायव उपरिक्षक सिंहले मातहतका सम्पुर्ण प्रहरी युनिटका ईञ्चार्जहरुलाई गस्ती गर्न निर्देशन दिए संगै प्रहरी र जनता मिलेर रात्रीकालिन गस्ती गर्न थालिएको हो ।

समाजमा शान्ति सुरक्षा कायाम राख्न तथा समाजका हरेक नागरीकहरुलाई बिना बर्दिका प्रहरी हुने मनोभावना जगाउनुका साथै कानुन विपरीतका कार्य गर्ने व्यक्तिलाई स्थानियबाट नै कार्वाहीको दायरामा ल्याउन सकियोस र कुनै व्यक्ति पिडित भएर बस्न नपरोस भन्ने उदेश्यका साथ गस्ती अभियान थालिएको प्रहरीले बताएको छ ।

ससाना घटनामा समाजमा नै गुमनाम हुने र सोझा जनता प्रहरीको पहुँच सम्म पुग्न समेत नसक्ने भएकोले सबै नागरीकमा प्रहरी प्रतिको व्यवहार परिवर्तन गरी गलत संस्कारको विरोध गर्ने सक्ने भावनाको विकास होस भन्ने पनि अभियानको उदेश्य हो ।

रात्रीकालिन गस्ती तुलसीपुर उपमहानगरपाका सम्पुर्ण वडा दंगीशरण गाउपालिकाका सम्पुर्ण वडा तथा विषेश गरी प्रहरीले बढि संवेदनशिल एरिया छुट्यायर स्थानिय नागरीक संग संयुक्त रुपमा रात्रिकालिन गस्ति गर्न थालिएको हो ।

सबै टोल सुरक्षा समितिले रात्रीकालीन गस्ति पोसाक समेत निर्माण गरी सुरक्षा समितिको पहिचाहन समेत बनाएका छन् ।


SHARE THIS