नागरिक समाज दाङको संयोजकमा केवि मसाल

 

दाङ, फागुन २२ । नागरिक समाज दाङको आज घोराहीमा सम्पन्न भएको साधारण सभा तथा अधिवेशनले केवि मसालको संयोजकत्वमा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको छ ।

जस्को उपसंयोजकमा निमबहादुर थापा, कोषाध्यक्षमा हरिलाल विश्वकर्मा र सचिवमा हरिप्रसाद पाण्डे चयन हुनु भएको छ । सदस्यहरुमा नारायनप्रसाद श्रेष्ठ, चक्रबहादुर विश्वकर्मा, भुपेन्द्र सुवेदी, नवराज श्रेष्ठ रहनु भएको छ ।

यस्तै सदस्यमै श्रीमन न्यौपाने, दामोदर भण्डारी, रामदायल गुप्ता र शंकर पाण्डेलाई चयन गरिएको छ । १५ सदस्यीय कार्यसमितमा बाकी ४ सदस्य समावेशीताको आधारमा महिलालाई थप्ने निणर्य भएको समाजले जनाएको छ ।


SHARE THIS