दाङ, चैत्र १ । अटोले दुरीको हिसावले नभई मन लाग्दी भाडा लिदा सेवाग्राही मर्कामा परेका छन् । अटोले नागरिकलाई यातायातका लागि सहज बनाए पनि मनलाग्दी भाडा लिँदा भने नागरिक मर्कामा पर्ने गरेका छन् । अटो भाडामा एकरुपता नहुँदा समस्या भएको नागरिकको गुनासो छ । दुरीको हिसावले भाडा नलिइदा अटो सेवा महंगो भएको सेवाग्राही बताउछन् ।
घोराही १० हापुरका विशाल पुनले अटो भाडामा एकरुपता नभएको बताउनुभयो । हापुरबाट घोराही आउँदा पचास रुपैया, यही बजारको एउटा चोकबाट अर्को चोकसम्म जानका लागि पनि उही ५० रुपैया । दुरीको हिसावले भाडाको तय गर्नुपर्ने हो तर मनलाग्दी गर्ने गरिएको छ, उहाँले भन्नुभयो ।
’ अझ बजार देखि केही बाहिरको गाउँवाट एक्लै आउनुपर्दा एक सय रुपैया लिने गरेका छन् ।’ दुई जना भयो भने ५० रुपैयन, होइन भने एक सय रुपैंया उठाउछन्, आफुलाइ अटो चाहिएको समयमा बाध्यताले अटो चढ्नु पर्ने हुन्छ । यस्तै घोराहीकी सरिता थापाले पनि अटो भाडामा एकरुपता आवश्यक भएको बताउनुयो ।
मनलाग्दी भाडा लिदा आफुहरुलाई समस्या भएको उहाँको भनाई छ । जिल्ला बाहिर अटो भाडा दुरीको हिसावले लिइने भएपनि यहाँ व्यक्तिको हिसावले लिइने गरेको बताउनुभयो । नेपालगञ्जमा अटो रिक्साको भाडा एकदम सहज छ , तर दाङको भाडामा किन महंगो ? भाडा सबैलाईज सह हुने गरी कायम गर्नुपर्छ ।
पहिलो अटो नहुँदा समस्या भएको भएपनि अहिले भने जिल्लामा अटो रिक्साका कारण हिडदुलमा सहज भएको बताउनुभयो । यातायातका साधन प्रसस्त पाउनु राम्रो कुरा हो तर भाडाको समस्यालाई भने मिलाउनुपर्छ । दुरीको हिसावले भाडा लिने व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ ।
यस्तै यता अटो व्यवसायी समितीहरुले यस्तो समस्या समाधान गर्नै मुस्किल भएको बताउने गरेका छन् । अम्वेकिश्वरी अटो व्यवसायी समितीका अध्यक्ष धनेश्वर रेग्मीले आफ्नो समितीमा १ सय २० वटा अटो मात्रै दर्ता भएको तर दैनिक रुपमा मनलाग्दी अटो भित्रिरहेकाले पनि भाडामा एकरुपता ल्याउन नसकिएको बताउनुभयो ।
दैनिक रुपमा थुप्रो अटो बजार भित्रिने क्रम जारी छ । ति नयाँ अटो चालकले मन लाग्दी भाडा लिने गरेका छन् । उहाँले भन्नु भयो,-‘ अहिले घोराहीमा ३ हजारभन्दा धेरै अटो चल्ने गरेका छन् । त्यो हाम्रो सिटिको क्षमता भन्दा धेरै हो ।
नयाँ अटो बिक्रि गर्ने काम रोख्नु पर्छ, त्यसपछि सबै समस्याको समाधान हुन्छ , अध्यक्ष रेग्मीले भन्नुभयो ।