सिमेन्ट बोकेको ट्याक्टर पल्टिदा बस्नेतको मृत्यु

 

दाङ, फागुन २४। दाङमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ट्याक्टर दुर्घटना हुदाँ तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी का १८ बर्षीय सुरेश बस्नेतको मृत्यु भएको हो ।

तुलसीपुरबाट सिमेन्ट लिएर हापुरे जाँदै गरेको रा १ त २६० नम्बरको टेक्टर बबई गाउँपालिका–६ च्याँटी खोलामा दुर्घटना भएको हो ।

गम्भिर घाइते भएका बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिववहादुर सिंहले जानकारी दिनुभयो ।।

उता रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं ६ गातिनामा गएराति ना ७ त ६४०० नं को ट्याक्टर दुर्घटना हुँदा गातिनाका ३१ वर्षीय खगेन्द्र रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।

ट्याक्टरले च्यापिएर रानाको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालक रोल्पाको मिरुल घर भई हाल दाङ देउखुरीको सिसहनियाँ बस्ने बलप्रसाद बुढामगरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको छ ।


SHARE THIS