मोटरसाईकलको ठक्करबाट स्कुलबाट फर्कदै गरेकी बालिकाको मृत्यु

 

दाङ, फागुन १८ । दाङमा मोटरसाईकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १८ नवलपुरमा रा ४ प ७७४ नम्बरको मोटरसाईकलले ठक्कर दिदा घोराही १७ असारे सिस्नेखोला निबासी १५ बर्षिया अमृता आचार्यको मृत्यु भएको हो ।

घोराहीको हिन्दू बिद्यापिठ नेपालमा कक्षा ८ मा अध्ययन गर्ने आचार्य पैदल घर फर्किरहेकी ति छात्रालाई मोटरसाइकलले ठक्कर दिदा गम्भिर घाइते भएकी उनको उपचारका लागि अस्पातल लैजादै गर्दा बाटोमै मृत्‍यु भएको हो।

बिद्यालयबाट घर फर्कने क्रममा घोराही उपमहानगरपालिका २ कालिमाटी निबासी २२ बर्षिय खगराज गिरीले चलाएको मोटरसाईकलले नवलपुरमा ठक्कर दिएको हो ।

ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभएको छ ।


SHARE THIS