ओली सरकारलाई हटाएर काँग्रेसको नेतृत्वमा सरकार गठन गर्नु हाम्रो मुख्य ध्येय हो : शशांक कोइराला

 

काठमाडाैं, फागुन २८ । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले काँग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताएका छन् ।

शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफूहरुको मुख्य ध्येय रहेको बताए । 

यसका निम्ति मधेसवादी दलहरुसँग छलफल चलिरहेको पनि बताए । उनले भने, ‘नेपाली काँग्रेस पर्ख र हेर अवस्थामा छ । आज पनि मधेशी पार्टीहरुसँग छलफलको क्रम चलिरहेको छ । अहिले हाम्रो मुख्य ध्येय के हो भने ओली सरकारलाई हटाएर एउटा नयाँ सरकारको गठन गर्नुपर्छ । जसको नेतृत्व नेपाली काँग्रेसले गरोस् भन्ने मनशाय हाम्रो छ ।’


SHARE THIS