महिला तेक्वान्दो टोली सुर्खेत प्रस्थान

 

दाङ, चैत १२  । तेस्रो महिला रास्ट्रीय तेक्वान्दो प्रतियोगिता २०७७ मा भाग लिन दाङ तुलसिपुर को खेलाडी टोली सुर्खेत प्रस्थान गरेको छ ।
प्रदेश न ६ को सुर्खेत मा चैत १३ गते शुक्रबार बाट सुरु हुने प्रतियोगितामा भाग लिन खेलाडी र अफिसियल गरि २० सदस्यीय टोली बिहिबार त्यस तर्फ प्रस्थान गरेको हो । टोलिमा हाम्रो पहुँच सेकेण्डरी स्कुल तुलसिपुर का १३ र बेल्झुण्डी दोजाङ का ५ गरि १८ जना महिला खेलाडी, प्रशिक्षक राकेश परियार लगाएत रहेका छ्न । 


खेलाडी टोलीलाई नेपाल तेक्वान्दो संघ प्रदेश न ५ का अध्यक्ष बिमल रिजाल,दाङ जिल्ला तेक्वान्दो संघ का अध्यक्ष सुवास चन्द्र केसि,हाम्रो पहुँच सेकेण्डरी स्कुल का प्रीन्सिपल डिआर भण्डारी, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उत्तम भण्डारी लगाएतकाले संयुक्त रुपमा टिका लगाएर विदाई गरिएको हो । 


कार्यक्रम बिद्यालयका प्रीन्सिपल डिआर भण्डरी को अध्यक्षता तथा नेपाल तेक्वान्दो संघ प्रदेश न ५ का अध्यक्ष बिमल रिजालको प्रमुख आतिथ्य मा भएको थियो । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी रिजाल ले खेलकुदको उच्च आदर्श लाई सबैले आत्मसाथ गर्न सके मात्र सिङ्गो खेल क्षेत्र ले अपेक्षाकृत रुपमा फड्को मार्ने बताउनु भएको छ । 


खेलकुद मानव जिवनको अभिन्न अंग हो यसको बिकासमा हामी सबैको उत्तिकै दायित्व रहे मात्र खेल बिकास को आधार स्तम्भ कोरिने छ उहाँ ले भन्नू भयो । साथै उहाँले अनुशासन को उच्च पालना गर्दै दरिलो आट र साहसका साथ खेल प्रदर्शन गर्न खेलाडीहरु लाई हौसला प्रदान गर्नु भयो  ।


बिधालय का कल्याणकारीणि अधिकृत तिलक राम कालाथोकी को स्वागत रहेको कार्यक्रममा दाङ जिल्ला तेक्वान्दो संघ का अध्यक्ष सुवास चन्द्र केसि,हाम्रो पहुँच सेकेण्डरी स्कुल का प्रीन्सिपल डिआर भण्डारी, बिधालय ब्यबस्थापन समितिका अध्यक्ष उत्तम भण्डारी खेल पत्रकार लक्ष्मण बस्नेत लगाएतले शुभकामना ब्यक्त गर्नु भएको थियो ! कार्यक्रमको संचालन बिधालयका भाईस प्रीन्सिपल शिव पुन ले गर्नु भएको थियो !


SHARE THIS