पेरिसडाँडाले पायो नयाँ बोर्ड

काठमाडौं, फागन २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएपछि नेकपा (माओवादी केन्द्र)ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट नेकपाको बोर्ड हटाएको छ । बुधबार माओवादी केन्द्रको बोर्ड राखिएको छ ।

नेकपा नाम विवादको फैसलामा पूर्वएमाले र पूर्वमाओवादी ब्युँतिएपछि देशैभर पूर्ववत् पार्टीको बोर्ड राख्न थालिएको हो ।

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रको एकताअघि पेरिसडाँडा माओवादी केन्द्रको कार्यालय थियो ।


SHARE THIS