घोराहीमा भरुवा बन्दुकसहित ३ जना पक्राउ

 

दाङ, चैत १८ । दाङमा भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १३ चंखेलीबाट एक थान भरुवा बन्दुक र ४ बन्दुक नालसहित ३ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चंखेली बस्ने ६५ वर्षीय मोहन बहादुर नेपाली सोही ठाउँ बस्ने ३६ वर्षीय मान बहादुर नेपाली र वडा नम्बर १२ गुर्जे बस्ने ब ६२ वर्षीय रण बहादुर बिष्ट रहेको लम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

उनीहरुलाई मंगलबार साँझ गोप्य सूचनाका आधारमा ८ बजे पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जनाइएको छ।


SHARE THIS