घोराहीको लक्ष्मीपुरमा यात्रुबहाक बस दुर्घटना, २१ जना घाईते

 

दाङ, चैत १० ।  दाङमा यात्रु बहाक बस दुर्घटना हुदा २१ जना यात्रु घाईते भएका छन् ।

घाईतेहुनेहरुमा बंगलाचुली–८ का ५५ वर्षका पुनाराम कुवर, ५३ वर्षका नवदिन मिया, वडा नम्बर ९ की ६० वर्षकी लाली कवर, ७ का ४७ वर्षका दामोदर अधिकारी, ८ का ६३ वर्षकी भुुमा सुनार, २२ वर्षकी निर्मला डाँगी र उहाको ६ महिनाको छोरा प्राचित डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्द रिजालले जानकारी दिनुभयो ।

यस्तै बंगलाचुली ८ का ३० वर्षकी तुलसी सारु, १९ वर्षकी सान्ती राना, २४ वर्षकी सरिता मल्ल, ३५ वर्षकी शिवा खत्री, २८ वर्षका दामोदर महरा, घोराही–२ की ४० वर्षकी निमा सुनार, ३० वर्षका छबिलाल कुवर, दंगिशरण गाउँपालीका–५ का ४८ वर्षका सदक महमद, ३८ वर्षकी गिता पाण्डे, ४५ वर्षका हुकुम पाण्डे, ४१ वर्षका नेत्रबहादुर खत्री, १९ वर्षकी एनुका राना र ६० वर्षका लोकबहादुर घर्ती घाईते भएको प्रवक्ता रिजालले बताउनुभयो ।

अहिले घाईते सबैको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भैरहेको र घाईतेको अबस्था सामान्य र मध्यम रहेको उहाले बताउनुभयो । उहाका अनुसार बस तिब्र गतिका कारण अनियन्त्रीत भई पल्टीएर दुर्घटना भएको हो । बस चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

बंगलाचुली गाउँपालिका ३ मुलाबारीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २१५६ नम्बरको बस घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुर वडा कार्यालय नजिकै दुर्घटनामा परेको हो । बस आज बिहान साढे ११ बजे दुर्घटनामा परेको हो ।


SHARE THIS