संसद सचिवालयले प्रचण्ड–नेपाल पक्षको निर्णय दर्ता गर्न नमानेपछि चर्काचर्की

काठमाडौं, फागुन २३ । संघीय संसद सचिवालयले प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकका निर्णय दर्ता गर्न नमानेपछि चर्काचर्की परेको छ । 

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आइतबार सो पक्षको हिजो बसेको दलको बैठकका निर्णयहरु सचिवालयले दर्ता नगरेपछि महासचिव डा. भरतराज गौतमको कार्यकक्षमा पुगेका थिए । 

तर गौतम कानुनी प्रक्रिया पुर्याएरमात्रै दर्ता प्रक्रियामा लगिने भन्दै पन्छिएका थिए । त्यसपछि प्रचण्ड–माधव पक्षका सांसदहरुले दर्ता गर्न नमिल्ने कारण लेखेर दिन माग गरेका थिए । तर, गौतमले कारण दिन समेत नसकेपछि दुई पक्षबीच चर्काचर्की परेको संसद सचिवालय स्रोतले जनाएको छ । 

निर्णय दर्ता नभएसम्म बसिरहने अडानमा सांसदहरु महासचिव गौतमको कार्यकक्षमा बसिरहेका छन् ।


SHARE THIS