तुलसीपुरमा मोटरसाईकल पल्टीदा श्रीमान श्रीमती घाईते

 

दाङ, फागुन २७ । तुलसीपुरमा मोटरसाईकल पल्टीदा श्रीमान श्रीमती घाईते भएका छन् । तुलसीपुरको ग्वारखोलामा मोटरसाईकल पल्टीदा श्रीमान श्रीमती घाईते भएका हुन् । घाईते हुनेमा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ९ बेलुवा निबासी ३२ वर्षका कमल खड्का र उहाकी श्रीमती ललिता खड्का रहनु भएको छ ।

तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा २ प ५७०८ नम्बरको मोटरसाईकल ग्वारखोलामा अनियन्त्रीत भएर पल्टीएको ईलाका कार्यालय तुलसीपुरका प्रहरी निरिक्ष झलक प्रसाद शर्माले जानकारी दिनुभयो । घाईते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।


SHARE THIS