दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

 

दाङ, चैत १२ । दाङमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज दिउँसो २ बजेको समयमा दंगिशरण गाउँपालिका वडा नंम्वर ६ बागरमा सोही ठाउँका २७ वर्षीय गोविन्द सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।

घर नजिकैको बागर कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका सुनारको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


SHARE THIS