दाङमा ११ बर्षिया बालिका बलात्कार गर्ने २ जना पक्राउ

 

दाङ, फागुन १९ । ११ बर्षिया बालिकालाई बलात्कार गर्ने २ जना बबई गाउँपालिकाबाट पक्राउ परेका छन् । पश्चिम दाङको बबईकी ११ बर्षिया बालिका बलात्कृत भएकी छन् । बबई गाउँपालिको हापुरे नजिकै ट्वाङखोलाको जंगलमा ११ बर्षिया माथि हिजो साझ ७ बजे तिर २ बालकहरुले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बर्ष ११ र बर्ष १३ का बालकले उनि माथि बलात्कर गरेको प्रहरी बताएको छ । बलात्कारको आरोपमा ति २ बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बलात्कारीहरु पनि सानै भएकाले उनिहरुको नाम खुलाइएको छैन् भने थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । बालिकाको यौनिबाट रक्तश्राव भएको पारिवारीक स्रोतले बताएको छ ।



SHARE THIS