कास्कीमा खनाल-नेपाल समूहको समानान्तर कमिटी घोषणा

पोखरा, चैत १९ । नेकपा एमाले खनालनेपाल समूहले कास्कीमा समानान्तर कमिटी बनाएको छ । धनराज आचार्यको अध्यक्षतामा खनाल-नेपाल समूहले समानान्तर कमिटी घोषणा गरेको हो । सचिवमा होमबहादुर नेपाली चुनिएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितीमा खनाल-नेपाल समूहले समानान्तर कमिटी गठन गरेको हो ।

आचार्य रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष हुन् । उनी पिएन क्याम्पसका पुर्व स्ववियु सभापती पनि हुन् । एमालेका वर्तमान कास्की अध्यक्ष कृष्ण थापा रहेका छन् । 

जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा नेता नेपालसहित नेताहरु सुरेन्द्र पाण्डे लगायतको उपस्थिती थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि खनाल(नेपाल समूहले समानान्तर कमिटी बनाउने घोषणा गरेको थियो ।


SHARE THIS