तुलसीपुरमा इन्टर रोटरी रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट हुने

लक्ष्मण बस्नेत

तुलसीपुर, फागुन १९ । तुलसीपुरमा इन्टर रोटरी–रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ हुने भएको छ । रोटरी क्लब अफ तुलसिपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता यहि फागुन २३ र २४ गते तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्डमा हुुने भएको छ ।

आपसी भाईचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेलको बिकासमा थप टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी रोट्र्याक्ट क्लबका ८ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक रुपेश शर्माले जानकारी दिएका छन् ।

प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ३० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १० हजार मेडल, प्रमाणपत्र हात पार्ने सयोजक शर्माले बताएका छन् । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तिगत बिधातर्फ वेस्ट प्लेयर हुने खेलाडीलाई पुरस्कृत गरिनेछ ।

प्रतियोगिता फागुन २४ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैविच प्रतियोगिताको तयारीलाई तिव्र पारेको आयोजकले जानकारी दिएको छ ।


SHARE THIS