प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई हरायो : शीर्ष चारमा पर्ने सम्भावना कायमै

 

काठमाण्डाै, चैत्र । इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले वुल्भ्सलाई १–० गाेल अन्तरले हराएको छ ।

गएराति भएकोे खेलमा लिभरपुलका डिएगो जोटाले निर्णायक गोल गरे । यो जितपछि लिभरपुलको २९ खेलबाट ४६ अङ्क भएको छ ।

लिभरपुल छैठौं स्थानमा उक्लिएको छ भने शीर्ष चारको सम्भावना पनि कायमै राखेको छ ।

तेह्रौं स्थानमा रहेको वुल्भ्सको २९ खेलमा ३५ अङ्क छ । 


SHARE THIS