दंगीशरणमा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०७७ शुरु

 



  • दिप्तीशिखा चौधरी

दंगीशरण, चैत्र ६ । दंगीशरण गाउँपालिका वडा न.५ सलौरामा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०७७ को एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी खड्काले कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले युवाहरुको शारीरीक विकासका लागि पनि खेल महत्वपूर्ण रहेको बताउँनु भएको छ । अवका यूवाहरुमा खेलकुद प्रति देखिएको चासोलाई मध्यनजर गर्दै गरिएको यस प्रकारको कार्यक्रमले थप उर्जा दिन सक्ने भन्दै स्थानीय तहले यसलाई प्राथािक्तामा राखेको बताउँनु भयो ।

“खेल पनि जिवन संग जोडिएको एक पाटो हो यसलाई यूवाहरुले कसरी लिने भन्ने कुरामा भर पर्छ ।” उपाध्यक्ष खड्काले भन्नुभयो । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ वडा न. ५ ले आयोजना गरेको प्रतियोगितामा विभिन्न खेलहरु हुनेछन् ।

वडा अध्यक्ष दिपक गौतमको अध्यक्ष्ता एंव गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्को प्रमुख आतीथ्यतामा कार्यक्रम भएको हो । बालापुर जनकृषि सहकारी सस्ंथाका अध्यक्ष दिव्यजोती थापा महराको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण वडा सचिव प्रम प्रकास चौधरीले गर्नुभएको थियो ।

आजबाट शुरु हुने प्रतियोगितामा भलीवल,ब्याट्मिन्टन खेल हुने आयोजकले जनाएको छ ।


SHARE THIS