दाङमा प्रदेश निर्वाचन कार्यालय स्थापना

 

दाङ, चैत १८ । दाङमा लुम्बिनी प्रदेश निर्वाचन कार्यालय स्थापना भएको छ । संघिय संरचना अनुसार सातै वटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालय स्थापना गर्ने योजना अनुरुप दाङमा बुधवार प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन अधिकारी निमराम भट्टराईले जानकारी दिनु भएको छ ।कार्यालयको भर्चुअल मार्फत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उद्घाटन गर्नुभएको हो ।

उहाले लुम्बिनी प्रदेश निर्वाचन कार्यालय सहित सातै प्रदेशको एकै साथ उद्घाटन गर्नु भएको हो ।यस अघि दाङमा जिल्ला निर्वाचन कार्यालय रहेको थियो । सोहि कार्यालयलाई हाल प्रदेश निर्वाचन कार्यालयका रुपमा स्थापना गरिएको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिनुभएको छ ।उहाका अनुसार कार्यालयले हाल जिल्ला निर्वाचन कार्यालयले गदै आएको काम सहित थप प्रदेश स्तरिय समन्वय तथा सहाकार्य गर्नेछ ।

दाङमा हाल साढे तिन लाख बढि मतदाता रहेका छन् । मध्यवाधी निर्वाचन स्थगित भएसंगै मतदाता परिचय पत्र अद्यावधिक गर्ने काम भईरहेको छ । नेपाली नागरिकता प्राप्त गरेको तर मतदाता परिचय पत्र नभएका नेपाली नागरिकले नागरिकता लिएर कार्यालयमा आई नामावली बनाउन उहाले सवैमा आग्रह गर्नु भएको छ । नागरिकताको ठेगाना र हालको ठेगाना फरक भएकाले भने सम्वन्धित वडाको सिफारिस ल्याउनु पर्नेछ ।


SHARE THIS