रोल्पा तेक्वान्दो संघको अध्यक्षमा खत्री चयन

 

राेल्पा, फागुन १७ । रोल्पा जिल्लामा तेक्वान्दो संघ कमिटि गठन भएको छ । रोल्पा जिल्लामा कार्यरत तेक्वान्दो सहायक प्रशिक्षक जगबहादुर नेपालीको प्रमुख अतिथिमा रोल्पा तेक्वान्दो सघं गठन भएको हो ।

कमिटि गठनमा जिल्ला स्थित स्थानीय तहका तेक्वान्दो संघका प्रमुख तथा प्रतिनीधीहरु, डोजाङ प्रमुखहरु, तेक्वान्दो खेलाडीहरु, तेक्वान्दो खेलप्रेमीहरुको वृहत उपस्थिति रहेको थियो । जसको अध्यक्षमा हेमन्त खत्री चयन हुनु भएको छ । भने बरिष्ठ उपाध्यक्षमा मधुसुधन बुढा, उपाध्यक्षमा त्रिभुवन रानामगर, सचिवमा लोकेन्द्र सेन, सह सचिवमा दिलिप परियार, कोषाध्यक्षमा सघर्ष बुढामगर, लगाएत १३ सदस्यीय सघं गठन गरिएको गरिएको रोल्पा तेक्वान्दो सघं रोल्पाले जनाएको छ । त्यस्तै सल्लहाकार सदस्यमा थाम बहादुर सुनार, दुर्गा केसि, रोशन गिरि र इस्वर केसि रहनु भएको छ ।

रोल्पा जिल्लामा तेक्वान्दो खेलको विस्तार गर्ने खेलाडी तथा रोल्पा जिल्लाकै तेक्वान्दो सहायक प्रशिक्षक रुपमा कार्यरत जगबहादुर नेपालीले रोल्पा जिल्लामा २०५२ सालदेखि तेक्वान्दो खेललाई निरन्तर रुपमा विस्तार गर्दै आउनु भएको छ । उहाँले उत्पादन गरेका खेलाडी गायत्री श्रेष्ठ अन्तराष्ट्रिय प्रतियोगिता साफ गेममा समेत भाग लिन सफल भएको हो भने थमबहादुर सुनार, दुर्गा के.सी. हेमन्त खत्री, मिना वाठा, सिता रोका, धनमाया घर्ती, प्रकाश घर्तीमगर, किशोर बुढामगर, लोकेन्द्र सेन, दिलिप परियार, सघर्ष बुढामगर, दिनेश बुढामगर, धिरेन्द्र बुढा, दिपक परियार, ममता रिजाल लगायत थुप्रै खेलाडीहरु राष्ट्रिय स्तरको खेलमा सहभागी भई कास्य, रजत पदकमात्र नभई स्वर्ण पदक समेत रोल्पा जिल्लालाई दिलाउने खेलाडीको रुपमा लिन सकिन्छ ।



SHARE THIS