तुलसीपुरमा ज्ञानज्योति कलेजको बस दुर्घटना, दुई जनाको मृत्यु

 

तुलसीपुर, चैत १० । ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर तुलसीपुर-१६ का अस्मिता बस्नेत र किरण चौधरीको निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बस्नेतको घटनास्थलमै मृत्यु भएको र चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो । दुर्घटनामा परि १५ जना घाइते भएका छन् । घाइतेहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

तुलसीपुरको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस ब्रेक फेल हुँदा तुलसीपुर-१५ को सरैयामा दुर्घटनामा परेको हो ।


SHARE THIS