बर्दियामा भैँसी चराउन गएका पुरुषलाई बाघले झम्टिएर लग्यो



बर्दिया, फागुन १८ । बर्दियामा भैँसी चराउन गएका एक पुरुषलाई बाघले झम्टिएर लगेको छ ।

बर्दिया राजापुर १० का एक व्यक्तिलाई भैँसी चराउन गएका बेला बाघले झम्टिएर लगेको प्रहरीले जनाएको छ ।लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले भैँसी चराउन गएका बेला एक पुरुषलाई बाघले लगेको जानकारी दिए ।

हात्तीको सहारामा उनको खोजी गरिएको प्रहरीले जानकारी दिएको छ । राजापुर–१० का लालबहादुर थारु भैँसी चराउन गएका बेला बाघले झम्टिएको थियो ।

राति नै उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

यसअघि पुस १७ गते बर्दियामा एक महिलालाई मोटरसाइकलमा यात्रा गर्दै गरेका बेला पछाडिबाट झम्टिएर लगेको थियो ।


SHARE THIS