तुलसीपुरमा ४९६१ जनाले लगाए कोराना खोप

 

दाङ, फागुन २८ । तुलसीपुरमा बिहीवारमात्रै ११९ जनाले कोरोना भाइरसबिरुद्वको खोप लगाएका छन् । यो सँगै हालसम्म तेस्रो चरणमा कोरोनाको खोप लगाउनेको संख्या ४९६१ पुगेको छ ।

तेस्रो चरण अन्तर्गत ६५ बर्षभन्दा माथिका ब्यक्तिहरुले खोप लगाएका हुन् । साथै आज लगाउन छुटेका ६५ बर्षमाथिका जेष्ठ नागरिकलाइ आज बिहान १० ३० बजेदेखि पुन खोप लगाउने कार्य हुने तुलसीपुरका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

त्यसका लागि खोप लगाउन आउदा आफ्नो परिचय पत्रका साथमा लियर उपस्थित हुन समेत तुलसीपुरका कोरोना फोकलपर्सन केसीले जानकारी दिनुभएको छ । साथै उहाले खोप लगाएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन समेत आग्रह गर्नुभएको छ ।


SHARE THIS