प्रधानमन्त्री ओली र दाहाल–नेपाल पक्षको नेकपाको नाम खोसियो


काठमाडाै, फागुन २३ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ । आज न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजालसले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला सुनाएको हो ।

जानकारी अनुसार सर्वोच्चले ऋषि कट्टेलको रिट निवेदन अनुसार आज कट्टेललाई आधिकारिकताको फैसला सुनाएको हो । सर्वोच्चको यो फैसलासँगै पुष्पकमल दाहाल र केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको अवस्थामा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि उक्त पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखेर निर्वाचन आयोगमा पेश गरिएको थियो ।

त्यसपछि ऋषि कट्टेलले नेकपाको आधिकारिकता दाबी गर्दै सर्वोच्चमा रिट दायर गर्नुुभएको थियो ।


SHARE THIS