डिसीको मृत्यु संकास्पद भएको माईती पक्षको आरोप

 

दाङ, फागुन १९ । श्रेष्ठ डिसीको मृत्यु संकास्पद भएको माईती पक्षको आरोप रहेको छ । बबई गाउँपालिका घर भई हाल घोराहीमा बस्दै आएकी सानीमा श्रेष्ठ डिसीको मृत्यु संकास्पद भएको माइती पक्षले बताएका छन ।

श्रीमानसंगै घोराही उपमहानगरपालिका -१५ लालीगुराँस टोलमा कोठा भाडामा बस्दै आउनुभएकी सानिमाको मृत्यु संकास्पद भएकाले छानबिन गर्नुपर्ने माइती पक्षको माग छ । घटना संकास्पद छ । नन्दले कहिलकाँही हामीसंग पनि गुनासो गर्नुहुन्थ्यो ।

तर पनि हामीले परिवारमा मेलमिलाप होला भन्ने आशा गरेका थियौ, ‘भाउजु प्रशंसा वली भन्नुभयो-’ तर आज दुखद कुरा सुन्नुपर्ने भयो । ’ घटनाको जानकारी पाए लगत्तै आएका श्रीमान डिसीले उपचारका लागि अस्पतालमा लग्नु भ थियो ।’ डिसी नापी शाखामा कार्यरत हुनुहुन्छ । २०७७ फाल्गुन १९ गते बुधवार घटनाको जानकारी पाए लगत्तै आएका श्रीमान भुवन डिसीले उपचारका लागि अस्पतालमा लग्नु भएको थियो ।

’ डिसी नापी शाखामा कार्यरत हुनुहुन्छ । कोठाको सिलिङ फ्यानमा झुडिएको अवस्थामा श्रीमानले देखेपछि डोरी काटेर उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याए लगत्तै चिकित्सकले दिउँसो २ बजे मृत घोषणा गरेका थिए ।

प्रहरीले प्रारम्भिक जानकारी अनुसार घटना सूसाईट जस्तो देखिए पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेस चन्दले बताउनुभयो ।


SHARE THIS