सल्यानमा भरुवा बन्दुकसहित दुईजना पक्राउ

 

सल्यान, फागुन १८ । सल्यानमा अवैध भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–२ बस्ने ४५ वर्षीय कुलबहादुर सारु र सोही ठाउँ कुण्डिक बस्ने २५ वर्षीय कमल घर्ती छन् । उनीहरुको साथबाट दुईथान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

सारुले घरनजिकै खोल्सोमा स्याउलाले छोपी भरुवा बन्दुक लुकाइराखेको र घर्तीले आफ्नै खेतबारीमा भरुवा बन्दुक लुकाइराखेको पाइएको हो ।



SHARE THIS