एमालेका ११ स्थायी कमिटी सदस्यको विज्ञप्ति- फागुन २८ गतेको निर्णय फिर्ता लेऊ

काठमाडौं, चैत २ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले फागुन २८ गते बालुवाटारमा बसेको भनिएको केन्द्रीय कमिटी बैठकको निर्णय रद्द गर्न माग गरेका छन् । 

आइतबार नेपाल-खनाल पक्षका ११ जना स्थायी कमिटी सदस्यहरूले सामूहिक विज्ञप्ति निकालेर यस्तो माग गरेका हुन् ।  

विज्ञप्ति निकाल्नेमा वरिष्ठ नेता खनाल, नेपालसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्णराज विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले रहेका छन् । 

उनीहरुले पार्टी केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई थाहा नै नदिइ आफ्नो गुटका सिमित व्यक्तिहरुलाई मात्र गोप्य रुपमा खबर गरि आयोजना गरिएको गुटको भेलालाई पार्टीको बैठक मान्न नसकिने उल्लेख गरिएको छ ।



SHARE THIS