विद्यार्थीमाथि हातपात गरेको आरोपमा दाङका शिक्षक पक्राउ

 

दाङ, फागुन २७ । दाङको तुलसीपुरमा छात्राहरुलाई हातपात गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर माविमा अध्ययनरत छात्राहरुलाई हातपात गरेको आरोपमा एक शिक्षकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा प्राबि तहका शिक्षक पदम ओली रहेका छन् ।

उनलाई कक्षा ६ मा अध्ययनरत दुई जना छात्राहरुको सम्वेदनशील अंग छोएको आरोप लागेको छ । आईतबार ति छात्राहरुले टाउको दुखेको भनि ति शिक्षकलाई जानकारी गराएपछि उनले जाँचको नाममा सम्वेदनशील अंग छोएको आरोप लगाएका छन् ।

उनलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय तुलसीपुर ल्याईएको छ । यस अघि पनि ति शिक्षकले विद्यार्थीहरुमाथि हातपात गर्ने गरेको भनि विद्यार्थीहरुले आरोप लगाएका छन् ।


SHARE THIS