जर्नेल कार्कीसहित दुई महिला सैनिक पनि बर्खास्तीमा

   काठमाडौँ, फाल्गुन २८ । नेपाली सेनाका एक जना सहायक रथी संगठनभित्रकै महिला अधिकृत र सैनिकलाई यौन दुर्व्यवहार गरेपछि बर्खास्तीमा परेका छन् ।

संगठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति पंकज कार्कीलाई नेपाली सेनाले एक साताअघि बर्खास्त गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । यसरी यौन दुर्व्यवहार गरेको प्रमाणित भएर बर्खास्तीमा पर्ने कार्की पहिलो उच्च सैनिक अधिकृत हुन् ।

सैनिक स्रोतका अनुसार कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले एक उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो । उक्त कोर्ट अफ इन्क्वायरीले कार्कीले महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको पुष्टि गरेपछि सेनाले उनलाई सेवाबाट बर्खास्त गरेको हो ।

कार्कीसँग उक्त घटनामा मुछिएका दुई महिला सैनिक पनि बर्खास्तीमा परेका छन् । कोर्ट अफ इन्क्वायरीले अनुसन्धानका क्रममा कार्कीसँगै ती महिला सैनिकहरूको पनि आचरणमा गलत मनशाय देखिएको स्रोतलाई उदृत गर्दै कान्तिपुरमा खबर छ ।



SHARE THIS