कञ्चनपुरमा वडाध्यक्षमाथि ढुंगा आक्रमण, महाकाली अस्पताल भर्ना

 

कञ्चनपुर, चैत्र १ । बेदकोट नगरपालिका–५ का वडा अध्यक्ष गणेक विक (कुशल) लाई स्थानीय स्थानीय राजेन्द्र बोहरा (राजी) र धनराज बोहरालगायतले ढुंगा प्रहार गरी घाइते बनाएका छन्। 

विकलाई महाकाली अस्पतालमा भर्ना गरिएको छ उनको मुखमा चोट लागेको छ। आक्रमणकारी उनीहरू दुवैले मदिरा सेवन गरेका थिए। वडा कार्यालयमा समान्य विवाद मिलाउने क्रममा उनीहरुले प्रहरीको सामु अध्यक्षमाथि आक्रमण गरेका छन्।

अध्यक्ष विकले आफूलाई मार्ने नियत राखेर ढुंगा प्रहार गरी आक्रमण भएको बताएका छन्। ‘मदिरा सेवन गरेर आएका थिए, ‘वडाध्यक्ष विकले भने, ‘कुरा नबुझ्दै एकाएक आएर ढुंगामुढा गरे, जनताले बचाए।’ 

वेदकोट नगरपालिकाका प्रवक्ता नरेश बहादुर सिंहले अध्यक्ष विकमाथि पूर्वाग्रह राखेर आक्रमण गरिएको बताए।दोषीमाथि कडाभन्दा कडा कार्वाही हुनुपर्ने उनले उनले बताए। 

वेदकोट नगरपालिकाले अध्यक्षमाथि आक्रमण भएको घटना प्रहरीलाई जानकारी गराइसकेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले घटनाबारे अनुसन्धान थालिएको बताए। 


SHARE THIS