मेयर कप क्रिकेट : काठमाण्डौ मेयर–११ र नेपाल पुलिस क्लबबीच खेल हुँदै

  काठमाण्डौ, फागुन २६ । काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेटमा आज काठमाण्डौ मेयर–११ र नेपाल पुलिस क्लबबीचको खेल हुँदै छ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान पौने ९ बजे सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा पुलिस र वाग्मतीले जितेका छन् । पुलिस दुई अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने काठमाण्डौ मेयर–११ दुई अंकसहित तेस्रो स्थानमा रहेको छ । र्कीर्तिपुर मैदानमा भएको खेलमा वाग्मतीले एपीएफलाई २७ रनले हराएको हो भने मुलपानीमा भएको खेलमा नेपाल पुलिस क्लबले आर्मीलाई तीन विकेटले हराएको हो ।


SHARE THIS