मिलानलाई हराउँदै म्यानचेस्टर युरोपा लिगको क्वाटरफाइनलमा

 

काठमाडाै । चोटबाट निको भएपछि मैदान फर्किएका पाउल पोग्बाले निर्णायक गोल गरेसँगै एसी मिलानलाई हराएर म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा पुुगेको छ । दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका पोग्बाले तीन मिनेट लगत्तै निर्णायक गोल गरेका हुन् ।

त्यसअघि मिलानको उत्कृष्ट रक्षापंक्तीलाई तोड्न युनाइटेडलाई निकै कठिन भएको थियो । ‘पोग्बा बिना पनि खेलाडीहरुले राम्रो खेलिरहेका थिए, तर हामीलाई पोग्बाको स्तर थाहा छ,’ म्यानचेस्टरका प्रशिक्षक ओले गुनर सोल्कसायरले भने । फिलामा लागेको चोटका कारण ६ फेब्रुअरीदेखि पोग्बा मैदान बाहिर थिए ।

यससँगै मिलानको गृहमैदान सान सिएरोमा युुनाइटेड १–० ले विजयी रह्यो र समग्रमा २–१ को जित हासिल ग¥यो । यसअघि युनाइटेडको गृहमैदान ओल्ड ट्राफोडमा दुुई टोलीबीच पहिलो लेगमा १–१ गोलको बराबरी भएको थियो ।


SHARE THIS