घोराहीमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते

 

दाङ, चैत्र ५ । दाङमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा न. १४ झिगौरामा छड र सिमेन्ट बोकेको ट्याक्टर आज विहान साढे १० बजेतिर दुर्घटनमा परेको हो । रा १ त १०९४ नम्बरको ट्याक्टर सडकमा अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घोराही उपमहानगरपालिका वडा नमबर १४ झिगौरामा दुर्घटना हुँदा घोराही १७ का १८ वर्षीय सुनिल चौधरी र वडा नम्बर १६ का जित बहादुर चौधरी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो।

घाइते मध्ये सुनिललाई गम्भीर चोट लागेको छ । दुबै जनाको अहिले राप्ती स्वस्थ्य विज्ञान घोराहीमा उपचार भइरहेको छ ।

घोराहीबाट छड र सिमेन्ट बोकेर बृद्धाश्रमतिर जाँदै गरेको रा १ त १०९४ नम्बरको ट्याक्टर अनियन्त्रीत भई सडकमै पल्टिएको थियो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


SHARE THIS