दाङमा कालो भेरीको टोकाइबाट एक जना घाइते

 

दाङ, चैत ११ । दाङमा कालो भेरीले टोक्दा एक जना घाइते भएका छन् । आज दिउँसो दंगीशरण गाउँपालिका ५ कुमलगदी निवासी काली प्रसाद चौधरीलाई टोक्दा घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइतेको राप्ती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । चौधरीलाई टाउको र शरीरमा टोकेको अस्पतालले बताएको छ । घर नजिकै रहेको खेतमा भैंसी चराउने क्रममा उनलाई कालो भेरीले टोकेको हो ।


SHARE THIS