नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते

 

दाङ, चैत्र  १ । नेकपा (एमाले) माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेलाको आव्हान गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक चैत ७ गते आव्हान गरेका बेला सो पक्षले बैठक अगावै दुई दिने भेला गर्ने तयारी गरेको हो ।

कार्यकर्ता भेलामा आफू निकटको केन्द्रीय सदस्यहरु, संघीय सांसद, प्रदेश सांसद, जिल्ला कमिटीका पदाधिकारी तथा स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको सहभागिता रहने नेता रावलले बताउनुभयो ।

उहाँका अनुसार भेलामा जनवर्गीय संगठनका प्रतिनिधि, पेशागत, महिला लगायतको सक्रिय सहभागिता रहने र भेलाले महत्वपूर्ण निर्णय गर्ने नेता रावलले बताउनुभयो ।

आफूहरुले पार्टीभित्र समानान्तर कमिटी नबनाएको तर पार्टीको कमिटीलाई पुनरजीवित र सक्रिय मात्र बनाएको नेता रावलले दावी गर्नुभयो । कार्यकर्ता भेला लगत्तै राष्ट्रिय महिला कार्यकर्ताको पनि भेला गर्ने तयारी भएको उहाँले जानकारी दिनुभएको छ ।


SHARE THIS