दाङमा बन्यन्तुको शिकारको बिगबिगि : शिकार खेल्ने तीन व्यक्तिको गोलि लागेर मृत्यु

 

जीतसागर जी.एम.

दाङ, चैत्र १९ । गत मंसिर २ गते बंगलाचुली गाउँपालिका वडा नम्बर २ का ४१ वर्षका भोजबहादुर घर्तीको पनि सिकार खेल्न गएको समयमा बन्दुको गोली लागेर निधन भयो । सोहि ठाउँका २७ वर्षिय टोबहादुर घर्तीसंगै शिकार खेल्न पुगेका भोजबहादुर उनी संगै फर्किन पाएनन् । भोजबहादुरको पनि आफ्नै साथी भरुवा बन्दुकसंगै लडेपछि उनको गोली लागेर निधन भएको प्रहरीले जनाएको छ ।

इजाजत बिनाको बन्दुकसहित बन्जजन्तुको शिकार खेल्न पुगेका भोजबहादुर आफै शिकार हुन पुगे । घटनामा संलग्न टोपबहादुर अहिले प्रहरीको खोरमा छन् । व्यक्ति हत्या तथा बन्यजन्तु शिकार ऐन अन्तर्गत मुद्धा चलाई उनलाई कारागार चलान गरिएको छ ।

गत चालु आर्थिक वर्षको मंसिर १० गते पनि लमही–९ पाखापानीमा शिकार खेल्न गएको आरोपमा तीन जना पक्राउ परेका छन् । तुलसीपुर– १३ का कमल पौडेल भन्ने खुसलराम पौडेलसहित तीन जनालाई अहिले पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गत माघ २७ गते दाङको गढवा गाउँपालिका वडा नम्बर २ का ४० वर्षिय इन्द्रबहादुर राना र उनका भाई ३० वर्षिय सुर्यबहादुर राना स्थानीय बनमा शिकार खेल्न निस्कीए । एकै घरका दुई भाई घर नजिकैको तिरतिरे डाँडामा रहेको राष्ट्रिय बनमा बन्यजन्तुको शिकार खेल्न पुगे ।

तर अपसोच अवैध भरुवा बन्दुकसहित बनमा शिकार खेल्न निस्किएका सुर्यबहादुरले आफ्नै दाई इन्द्रबहादुरलाई हत्या गरे । शिकार खेल्नका लागि लिएको भरुवा बन्दुक बन्यजन्तुलाई भन्दा आक बन्यजन्तुलाई भन्दा आफ्नौ दाईमाथि प्रहार गरे ।

बन्दुक प्रहारबाट बायाँ काखीमा गोली लागेका इन्द्रबहादुरको घटनास्थलमा नै निधन भयो । सुर्यबहादुरको नियत भनौँ या इन्द्रबहादुरको नियती भनौँ शिकार खेल्न बन्न पुगेका एक जना हत्यारा हुन पुगे, एक जनाले अनाहकमा मृत्युवरण गर्नुप¥यो । शिकार खेल्न पुगेका दुई छोरामध्ये एक जनाको हत्या भएपछि आफ्नै बावु धनबहादुर राना थापाले छोराविरुद्ध प्रहरीमा जाहेरी दिए । बुवाको जाहेरीपछि प्रहरीले सुर्यबहादुरलाई पक्राउ ग¥यो र अहिले उनले कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोगिरहेका छन् । घटनामा प्रयोग भएको बन्द इजाजत प्राप्त नभएको पनि भेटिएको छ ।

यस्तै चैत १३ गते पनि घोराही उपमहानगरपालिका वडा नम्बर १३ का ५१ वर्षिय टेकबहादुर गुरुङले पनि अनाहकमा मत्युवरण गर्नुप¥यो । १३ गते साँझ ५ बजे सोही ठाउँकै ३९ वर्षिय मधु शर्मासंग घोराही–१२ को भलानेटी सामुदायिक बनको च्याम्पाखामा बन्यजन्तुको शिकार खेल्न पुगेका गुरुङले बन्दुको गोलीबाट मृत्युवरण गरे ।

संगै गएका सहपाटी शर्मा भरुवा बन्दु बोकिरहेको अवस्थामा लडेपछि बन्दु पड्केर गुरुङको मृत्यु भयो । मृतक गुरुङका सहपाटी शर्मालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

उल्लेखीत घटनाले बन्यजन्तु चोरी शिकारी बढ्दो क्रममा रहेको देखिएको छ । चालुवर्षमामात्रै प्रहरीको तथ्यांक अनुसार तीन जनाको शिकार खेल्ने क्रममा मृत्यु भएको छ भने घटनामा संलग्न भएको अभियोगमा ६ जना पक्राउ परेका छन् । बनमा बन्यजन्तुको चोरी शिकारीका घटनामात्रै भएका छैनन्, बन्यजन्तुको शिकारको नाममा व्यक्तिको हत्यासमेत हुने गरेको छ ।

बन्यजन्तुको चोरी शिकारी गर्नेमाथि निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । ‘चोरी शिकारीमा संलग्नलाई पक्राउ गरिरहेका छौँ’ उनले भने–‘थप घटना हुन नदिनका निगरानी बढाएका छौँ ।’

बिना इजाजत प्राप्त हतियारको खोजबिन गरिरहेको उनले बताए । ‘बिना इजाजत प्राप्त हतियारलाई प्रयोग गरी बन्यजन्तुको शिकार हुने गरेको छ ।’ उनले भने–‘हामीले यसअघि बिना इजाजत प्राप्त हतियार बुझाउन सुचना पनि जारी गरेका थियौँ, त्यो समयमा नबुझाउनेलाई अब हातहतियार खरखजनासम्बन्धि मुद्धा चलाउँछौँ’


SHARE THIS