म नेकपाको प्रचण्ड-नेपाल पक्षमै छु : बम

 

काठमाडौं, फागुन १९ । सांसद गोपाल बमले आफू विभाजित नभएको बताएका छन्। नेकपाका मुगुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोपाल बमले आफू विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहमै रहेको प्रष्ट पारेका हुन्।

बुधबार सांसद बमले एक विज्ञप्ति जारी गर्दै आफू प्रतिगमनको पक्षमा लाग्न नसक्ने स्पष्ट पारेका छन्। केही सञ्चार माध्यमले बम प्रधानमन्त्री केपी ओली समूहमा रहेको भन्दै प्रचार गरिरहेको भन्दै सांसद बमले आपत्ति समेत जनाएका छन्।

नेकपा दुई समूहमा विभाजित छ। नेकपासँगै नेता–कार्यकर्ता विभाजित छन्। कुन पक्षमा लाग्दा आफ्नो भविष्य सुरक्षित हुन्छ भन्ने छुट्याउन नेकपा नेता–कार्यकर्तालाई मुस्किल परिरहेको छ। पूर्वनिकटता र वर्तमान पदको लालचले उनीहरु दुई खेमामा विभक्त छन्।

Gopal_Bom


SHARE THIS