विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

  काठमाण्डौ, फागुन २० । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । 

यस्तै बैठकले विप्लवसँग भएको सहमति सार्वजनिक भएपछि लागू हुने गरी अनुमोदन गरेको छ । सहमतिको विस्तृत विवरण शुक्रवार दिउँसो दुई बजे सार्वजनिक गर्ने सरकारी वार्ता टोलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति, विप्लवमाथिको प्रतिबन्ध हट्ने ।

सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले सहमतिमा हस्ताक्षर गर्नुभएको छ ।   

सरकार र नेत्रविक्रम चन्द समूह विप्लवबीच बालुवाटारमा शुक्रवार नै सहमति भएको हो । सहमतिअनुसार विप्लवले आफ्ना सबै राजनीतिक विषयहरूको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने उल्लेख छ ।    


SHARE THIS