नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन जाँदै प्रचण्ड

 

काठमाडाैं, चैत १७ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकन दिने हुनु भएको छ ।अबको केहि बेरमा पुनरावलोकनका लागि उहाँ सर्वोच्च अदालत जाने उहाँका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।

यसअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग समेत छलफल गरेको थियो ।गएको फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने भन्ने मुद्दाको फैसला गर्दै सर्वोच्चले २०७५ साल जेठ ३ गते भएको एमाले र माओवादी केन्द्रको एकतालाई खारेज गरिदिएको थियो ।


SHARE THIS