समर्थन फिर्ताको निर्णयमा पुग्न सकेन माओवादी केन्द्र

काठमाडौं, चैत १९ । सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय लिने भन्दै बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी  बैठक आज पनि समर्थन फिर्ताको निर्णयमा पुग्न सकेन ।  बैठकले सरकारलाई दिएको समर्थन अझै केही दिन फिर्ता नलिने निर्णय गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एक-दुई दिनभित्रै स्थायी समितिकोबैठक बसेर यसबारे निर्णय लिने बताए। यस बीचमा अन्य दलहरुसँगको छलफल पनि जारी राख्ने नेता श्रेष्ठले बताए ।

यसअघि नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन छाड्ने बताएका थिए । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै विपक्षी दलले विकल्प दिएपनि आफूहरु सरकारमा बसिनरहने बताउदै हतारमा समर्थन छोडेर राजनीतिक अस्थिरतातर्फ आफूहरुले लान नचाहेको पुनको भनाइ थियो । 


SHARE THIS