दाङमा रुखमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला

 

दाङ, फागुन २८ । दाङमा रूखमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिकामा ११ वर्षीया एक बालिकाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ गाईखुटी गाउँकी ११ वर्षीया सीता विकको गएराति घर नजिकै रूखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार राति ९ बजेतिर सीताको शव झुण्डिएको अवस्थामा फेला परेपछि घर परिवारले प्रहरीमा खबर गरेका थिए । सीताको बुवा मञ्जिल विक रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा रहेको खुल्न आएको छ ।

बेलुका ८ बजेतिर खाना खान समय भइसक्दा पनि सीता कतै नदेखिएपछि उनको खोजी घर परिवारले सुरू गरेको थियो । घटनाबारे थप अनुसन्धान गर्न बाँकी रहेको प्रहरीले बताएको छ । विक गाउँकै सरकारी विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् ।


SHARE THIS