सरकार र विप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर

 



काठमाडौं, फागुन २१ । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। बिहीबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन्।  

सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो।  उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन्। समारोहलाई विप्लवले संवोधन गरिरहेका छन्। सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संवोधन गर्ने कार्यक्रम छ।  




SHARE THIS