वामदेव पनि बोलाए आफ्नो समूहको बैठक

 

काठमाडौं, चैत्र २ ।  नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन्। उनले मंगलबार ११ बजे बैठक बोलाएका हुन्। गौतम निकट नेता बाबुराम थापाका अनुसार कार्यसम्पादन समितिको बैठक बल्खुको एक पार्टी प्यालेसमा बोलाइएको छ। 

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बसेको बैठकले नेपाल-खनाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए। सोही बैठकले उपाध्यक्ष गौतमको पनि जिम्मेवारी खोसेको छ। उनले त्यही विषयमा छलफल गर्न गौतमले बैठक बोलाएका हुन्। 

नेकपाको एकता भंग हुनुअघि एकता अभियान चलाइरहेका गौतमले सर्वोच्च अदालतले एकता भंग गरेपछि पनि एमालेभित्रको एकता गराउने भन्दै लागिपरेका छन्। उनले अध्यक्ष ओलीको कदमको विरोध गरेका छन्। ओली समूहले चैत ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।  


SHARE THIS