एसईई जेठ १३ देखि २४ गतेसम्म सन्चालन हुने

 

दाङ, फागुन २५ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।


SHARE THIS