सल्यानमा आगलागी हुँदा २ घर जलेर नष्ट

 

सल्यान, चैत ६ । सल्यानको कपुरकोट गाउँपालिका वडा नं. २ दानवाङमा विहान आगलागी हुँदा दुई घर जलेर पूर्ण रुपमा नष्ट भएका हुन् भने एक घरमा लागेको आगो स्थानीयले नियन्त्रणमा लिएका छन् ।

शुक बहादुर र खर्क बहादुरको घरमा भएका नगद, गरगहना संगै अन्नपात, लत्ता कपडा, भाँडाकुडा सबै जलेर नष्ठ भएका छन् । श्रीमानले भखैरै विदेश बाट पठाएको रकम दुई लाख ५० हजार रुपैयाँ र एक तोला सुन आगलागीमा जलेको खर्क बहादुरकी बुहारी हेमा घर्तीले जानकारी दिए ।

यस्तै शुक बहादुरले पनि आफ्नो घरमा भएको नगद १५ हजार रुपैयाँ जलेर नष्ठ भएको बताए । आफुहरु तरकारी खेतीका लागि ६ दिन देखी दह भित्ता स्थित ज्युलामा भएको बेला घरमा आगलागी भएको उनले बताए । आगलागिको कारण भने खुल्न सकेको छैन ।

स्थानीयहरु, नेपाल प्रहरी लगाएतले आगोलाई नियन्त्रणमा लिएर नजिकै रहेका अन्य घरमा क्षति हुनबाट जोगाएका थिए । प्रहरीले क्षतिको विवरण तयार गरिरहेको छ । लागलागि पिडितलाई गाउँपालिकाको कार्यविधि अनुसार तत्कालै राहत उपलब्ध गराइने गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताएका छन् ।


SHARE THIS