वन्यजन्तुका लागि देउखुरीको सामुदायिक वनमा पोखरी

 

दाङ, चैत ११ । वन जङ्गलमा बस्ने चराचुरुङ्गी तथा अन्य जनावरहरुको लागि देउखुरीको एक सामुदायिक वन क्षेत्रमा पोखरी बन्ने भएको छ ।

लमही नगरपालिका वडा नम्बर ८ शिवशक्ति बाख्रा विकास सामुदायिक वन क्षेत्रभित्र बसोबास गर्ने वन्यजन्तु र चराचुरुङ्गीहरुलाई सहज होस भन्ने उद्देश्यले पोखरी निर्माण गरिने डिभिजन वन कार्यालय देउखुरीका प्रमुख बेसिन्द्र राज सुबेदीले बताउनुभयो ।

त्यस्तै पोखरी निर्माणले वनमा बस्ने वन्यजन्तुहरुलाई पानी पिउनका लागि निकै उपयुक्त हुने शिवशक्ति बाख्रा विकास सामुदायिक वनका अध्यक्ष जनक बुढा मगरको भनाई छ । वनमा कुनै पानीको स्रोत नभएको र सुख्खा याममा वन्यन्तुलाई एकदमै समस्या हुने गरेपछि वनभित्र पोखरी निर्माण गरेर पानीको व्यवस्थापन गर्ने वन कार्यालयले योजना बनाएको हो ।

वनमा पोखरी निर्माण गर्नको लागी चार लाख बजेट बिनियोजन गरिएको डिभिजन वन कार्यालय दाङ देउखुरीका सुचना अधिकारी प्रेमीलाल प्रसाद शाहले जानकारी दिनुभयो ।


SHARE THIS