प्रधानन्यायाधीश जबरासहितको इजलासमा प्रचण्डको पुनरावलोकन निवेदनमाथि सुनुवाइ हुने

  काठमाण्डौ, चैत १९ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता बदर गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावलोकन निवेदनको आज सुनुवाइ हुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको इजलासले आज सुनुवाइ गर्नेछ । प्रधानन्यायाधीश सहितको इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गाना हुनुहुन्छ।

मङ्गलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता बदर गर्ने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकन निवेदन दिनु भएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेको थियो ।

एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानुनी जिम्मेवारीको सीमा नाघेको माओवादी केन्द्रले बताएको छ ।

नेकपाको नामका विषयमा भएको विवादबारे परेको निवेदनमाथि गएको फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीको एकताबाट बनेको नेकपालाई बदर गरेर निर्वाचन आयोगमा पहिले नै दर्ता भएको ऋषि कट्टेल अध्यक्ष रहेको नेकपालाई वैधता दिने फैसला गरेको थियो  ।


SHARE THIS