घोराही-होलेरी सडकखण्डको पिच नै गायब भएपछी…

 


दाङ, फागुन २१ । सडकको मर्मत नभएपछि होलेरीका स्थानीय आन्दोलित भएका छन् । निर्माणाधीन अवस्थामा रोकिएको होलेरी, डुब्रिङ हुँदै दाङको छिल्लीकोट औद्योगिक मार्गको निर्माण कार्य सम्पन्न गर्नुपर्ने र घोराही-होलेरी सडकको मर्मत र स्तरोन्नति गर्नुपर्ने मागसहित स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन ।

स्थानीय र व्यवसायीहरुले घोराही-होलेरी सडक संघर्ष समिति गठन गरेर सडक मर्मत गर्नुपर्ने माग अघि सारेका छन् । संघर्ष समितिका संयोजक नन्दराम खड्काले औद्योगिक मार्गको निर्माण कार्य सम्पन्न गरेर सञ्चालन ल्याउनुपर्ने र घोराही – होलेरी सडकखण्ड मर्मत सम्भार गर्नुपर्ने माग सारे को बताउनुभयो ।

सडक मर्मतमा सम्बन्धित निकायको ध्यान नपुगेपछि होलेरीका स्थानीय र व्यवसायीहरु संघर्ष समिति बनाएर आन्दोलनमा उत्रन परेको खड्काको भनाई छ । संघर्ष समितिमार्फत् सम्बन्धित निकायमा ज्ञापनपत्र समेत बुझाइ सकेका छन् तर यसतर्फ कुनै पनि निकायकले चासो नदिएको संयोजक खड्काले बताउनुभयो ।यस्तै अहिले त्यहाँका नागरिकहरु धुवाधुली चाहिदैन जनता मार्न पाइदैन । टिप्पर जात्रा बन्द गर’ जस्ता नारा लगाएका हुन् । शहिदमार्गअन्तर्गत घोराही – होलेरी सडकखण्डको मर्मत नभएपछि स्थानीय अहिले आन्दोलनमा होमिएका हुन । ३१ किलोमिटरभन्दा धेरै सडकखण्डमा कालोपत्रे गरेको अढाइ वर्षमै भत्किएपछि सडक जीणर् बनेको छ ।

आर्थिक वर्ष ०७४/०७५ मा ४० करोड लागतमा कालोपत्रे गरिएको सो सडक खण्डमा अहिले कालोपत्रे कमै मात्रामा देखिन्छ । ’ कालोपत्रे गरेको वर्षदिनमै उम्किन शुरु गर्यो । अढाई वर्षमै सडकमा खाल्डा खुल्डी पर्यो । अहिले सडकमा धुलो मात्र उड्छ । स्थानीय सुवास चन्द भन्नुहुन्छ-’ सडक बिग्रिएपछि यात्रा गर्न मुस्किल भएको छ । ‘चन्दका अनुसार सडकमा ठूला ठूला खाल्डा परेका छन् । त्यसैले सजिलै यात्रा गर्न सक्ने अवस्था छैन ।

यात्रा अत्यन्तै जोखिमपूणर् र कष्टकर बनेको छ ।’ गर्मी र हिउँदमा धुल्याम्य हुन्छ । वर्षायाममा सडक हिलाम्य हुन्छ’- चन्दले भन्नुभयो-’ बाहै महिना यात्रा गर्न नसक्ने अवस्था छ ।’ घोराही-होलरी सडक खण्डमा दैनिक सयभन्दा बढी संख्यामा चल्ने टिप्पर नै सडक बिग्रनुको कारण भएको स्थानीय बताउछन् ।

हुन पनि सडकको भारवहन क्षमताभन्दा बढी लोड भएका सयौं संख्यामा टिप्परहरु चल्छन् । सोनापुर सिमेन्ट र सम्राट सिमेन्ट उद्योगका टिप्परहरु चल्दा कालोपत्रे भत्किएर सडक जीणर् बनेको स्थानीयको निष्कर्ष छ । उक्त सडकखण्डमा १० टनसम्मका टिप्पर चलाउने सम्झौता भएको छ तर अहिले ४० टनसम्म चुनढुंगा बोक्ने टिप्परहरु गुड्ने गरेको स्थानीयको भनाइ छ ।

शहिद मार्ग योजना कार्यालय रोल्पाले पनि टिप्परकै कारण सडक जीणर् भएको बताउछ । यस्तै घोराहीदेखि ३२ किलोमिटर टाढा रहेको रोल्पाको होलेरी पर्यटकीय सम्भावना बोकेको ठाउँ पनि हो । प्यूठानको स्वर्गद्वारी जाने पनि त्यही बाटो भएर जान्छ तर जीणर् सडकका कारण आन्तरिक र बाह्य पर्यटकहरुको चहलपहल हिजो आज छैन ।

होलेरीमै होटल गर्दै आउनुभएका होम यरीका अनुसार सडक बिग्रिएपछि पर्यटक आउन छाडेका छन् । सडकको अवस्था राम्रो हुँदा धेरै पर्यटक आउँथे । अहिले सडक बिग्रिएपछि पर्यटक आउनै छोडे’- उहाँले भन्नुभयो- ’ विगतमा आउने पर्यटकहरुको संख्यामा धेरै कमी आएको छ ।’

पर्यटक आउन छाडेपछि त्यहाँको व्यवसाय र पर्यटनमा ठूलो धक्का पुगेको स्थानीय व्यवसायी बताएकाे राजमार्ग अनलाइनमा याे समाचार छ ।

 


SHARE THIS