दाङमा मोटरसाइकलले ठक्कर दिदा बालिका गम्भीर घाइते

 

दाङ, चैत ९ । दाङमा सवारी दुर्घटना हुदा एक जना गम्भीर घाइते भएका छन् । शान्तिनगर गाउँपालिका ४ माले चौतारास्थित पञ्चकुलेदेखि तुलसीपुर तर्फ आउदै गरेको बा ५१ प ३३३६ नं.को मोटरसाइकलले ठक्कर दिदा एक जना बालिका गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

शान्तिनगर गाउँपालिका ४ निवासी विर बहादुर विकको ५ वर्षिय छोरी गरिमा विक गम्भीर घाइते हनु भएको छ । उहाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।

उहाँको टाउको र पेटमा चोट लागेको अस्पतालले जनाएको छ । साथै ठक्कर दिने मोटरसाइकल प्रहरी चौकी चिराघाटको नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक फरार रहेको प्रहरीले बताएको छ ।


SHARE THIS