दाङका सिमेन्ट उद्योगद्वारा स्थानीय सरकारलाई कर तिर्नमा आनाकानी

 

दाङ, फागुन १९ । दाङका सिमेन्ट उद्योगहरुले कर नतिरेको स्थानीय सरकारले बताएका छन् । सिमेन्ट उद्योगहरुले यसअघि जिल्ला समन्वय समितिलाई बुझाउँदै आएको रकम हाल नबुझएको घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता न्यौपानेले बताउनुभयो ।

कर बुझाउनका लागि सिमेन्ट उद्योगलाई बारम्बार ताकेता गरेपनि हालसम्म उद्योग प्रशासनले नटेरेको न्यौपानेको भनाई छ ।

घोराही उपमहानगरपालिका राजश्व शाखाका प्रमुख कृष्ण केसीले उद्योगलाई तीन वर्षको अवधिमा पाँच पटकसम्म कर बुझाउन ताकेता गरे पनि पत्रको बारेमा कुनै प्रतिक्रिया नदिइएको बताउनुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालिका १८ मा रहेको सोनापर सिमेन्ट उद्योगले पनि गतबर्षहरुमा कर तिर्दै आए पनि यो वर्ष नतिरेको तुलसीपुर उपमहानगरपालिकाका आर्थिक उपसमितिका संयोजक माधव आलीले बताउनसभयो ।


SHARE THIS